२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप क्रिकेट

अफगानिस्तान सँग युगान्डाको लज्जास्पद हार



एजेन्सी । जारी टी–२० विश्वकप २०२४ को समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानले युगान्डामाथि फराकिलो जित निकालेको छ ।

आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १ सय २५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुआत गरेको हो । अफगानिस्तानले दिएको १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भयो । युगान्डाका रोबिन्सन ‌ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए । यस्तै, नवीन उलहक र कप्तान राशिद खानले दुई/दुई तथा मुजिब उर रहमानले एक विकेट लिए ।

यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको