२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप

विजेता टोलीले कति पाउँछ पुरस्कार ?



एजेन्सी । जारी टी–२० विश्वकप क्रिकेटको विजेताले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सोमबार एक विज्ञप्ति जारी गरी टी–२० विश्वकपका लागि अहिलेसम्मको धेरै पुरस्कार रकम घोषणा गरेको हो । विश्वकपको उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछन् । त्यस्तै प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । आईसीसीको यो घोषणा अनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । यो भनेको करिब ३ करोड नेपाली रुपैयाँ हो ।

प्रतियोगिताको पुरस्कार वितरण २९ जूनमा बार्बाडोसको किङ्स्टन ओभलमा गरिनेछ । टी–२० विश्वकपको सेमिफाइनलमा पुगेका बाँकी दुई टिमले जनही ७ लाख ८७ हजार डलर पाउनेछन् । क्वार्टरफाइनलमा पुगेका तर सेमिफाइनल पुग्न नसकेका ४ टिमले जनही ३ लाख ८२ हजार डलर पाउनेछन् । नवौं, दशौं, ११ र १२ स्थानमा रहने टिमले २ लाख ४७ हजार डलर पाउनेछन् भने १३ देखि २० औं स्थानमा रहनेले २ लाख २५ हजार डलर पाउनेछन् ।

क्वार्टरफाइनल र सेमिफाइनल बाहेकका अरु खेल जित्नेले प्रति खेल जितेबापत ३१ हजार १५४ डलर पाउनेछन् । टी–२० विश्वकपमा २८ दिनभित्र ५५ खेल हुनेछन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको