८ चैत्र २०८२, आइतबार । March 23, 2026

टी–२० विश्वकप

श्रीलंका र दक्षिण अफ्रिका भिड्दै, कस्तो छ दुवै टोलीको विगत ?


२१ जेष्ठ २०८१, सोमबार  

129
Shares

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकपको जारी नवौँ संस्करण अन्तर्गत सोमबार राति ८ः१५ मा हुने खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र दक्षिण अफ्रिका आपसमा भिड्दै छन् ।

उक्त खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो टी–२० अन्र्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ र श्रीलंका ८ औँ स्थानमा रहेका छन् । श्रीलंकाले हालसम्म ३ पटक विश्वकपको फाइलन खेलेको छ भने एक पटक विश्वकपको उपाधि समेत उचालेको राष्ट्र हो । श्रीलंकाले सन् २०१४ को विश्वकपको पाँचौ संस्करणको उपाधि हात पारेको थियो ।

त्यसबखत श्रीलंकाले बलियो प्रतिद्वन्द्वी भारतलाई ६ विकेटले हराएको थियो । यता, विश्वकपको पहिलो संस्करण देखिनै सहभागिता जनाएको भएपनि दक्षिण अफ्रिकाले भने हालसम्म उपाधि चुम्न सकेको छ्रैन् । अझ भनौँ दक्षिण अफ्रिकाले हालसम्म विश्वकपको फाइनल खेल्ने मौका समेत पाएको छैन् । सन् २००९ र २०१४ को विश्वकपमा सेमिफाइनल सम्म पुगेको दक्षिण अफ्रिका सेमिफाइनलमा क्रमशः पाकिस्तान र भारतसँग पराजित भएको थियो ।

यस हिसाबमा विश्वकपमा श्रीलंका दक्षिण अफ्रिका भन्दा सफल राष्ट्र मानिन्छ । तर, अन्य पाटोबाट हेर्दा दक्षिण अफ्रिकाको टोली बलियो देखिन्छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका र दक्षिण अफ्रिकाबिच १७ पटक खेल भएको छ । जसमा दक्षिण अफ्रिकाको टोलीले १२ खेलमा आफ्नो जित निकालेको छ । यस्तै आईसीसी टी–२० विश्वकपमा भने यसअघि दक्षिण अफ्रिका र श्रीलंकाबिच चार खेल भएका छन् ।

जसमा ३ खेलमा दक्षिण अफ्रिका र एक खेलमा श्रीलंका विजयी भएका छन् । यस अर्थमा दुवै टोलिको विगतलाई हेर्दा श्रीलंका भन्दा दक्षिण अफ्रिका बलियो देखिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  २ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो