२९ चैत्र २०८२, आइतबार । April 12, 2026

जेठ २० गते आईतबार दिनभर के–के भयो ?

गृहमन्त्रीलाई सर्वोच्चको अंकुश ! बजेटमा सत्तापक्षकै किचलो ! प्रचण्डलाई गगनको धम्की ! सन्दीपले विश्वकप खेल्न नपाउनुमा सरकार दोषी !


२० जेष्ठ २०८१, आइतबार  

21
Shares

गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वाेच्चमा कृष्ण विकलगायतले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए । जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । उक्त निर्णय विवादमा परेको थियो ।

गृहमन्त्री विरुद्धको मुद्दालाई सर्वोच्चले दियो अग्राधिकार
सर्वोच्च अदालतले सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्चले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको छ ।

बजेटमा सत्तापक्षकै किचलो
नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल नगरेको गुनासो गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि सुरु भएको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले बजेट निर्माणका क्रममा आफ्नो पाार्टीसँग छलफल गरेको भए अझैँ राम्रो बजेट आउने बताएका थिए । उनले ६ प्रतिशतको आर्थिक वृद्धि, बजेटमा कृषिमा लगानी दशक लगायतका विषय राम्रा भएपनि कृषिको बजेट घटेको भन्दै त्यसमा अर्थमन्त्रीले ध्यान दिने विश्वास व्यक्त गरे । छलफलका क्रममा नेता पौडेलले बजेट निर्माणमा अर्थमन्त्रीले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहनुलाई सकारात्मक रूपमा लिएको समेत बताएका छन् ।

सन्दीपलाई भिसा दिलाउन सरकार गम्भिर भएन !
सांसद ज्ञानेन्द्र शाहीले क्रिकेट खोलाडीलाई अमेरिकाले भिसा नदिएका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । लामिछानेलाई भिसा नदिनु सिंगो नेपालमाथिको अपमान भएको उनको भनाई थियो । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले जुन देशले विश्वकप क्रिकेटको आयोजना गरेको छ उही देशले भिसा नदिएको बिषयमा परराष्ट्र नीति के हो भन्दै प्रश्न समेत गरेका थिए ।

भन्सार वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित
बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गर्दै सुनचाँदी व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन् । सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्याएपछि अवैध कारोबार बढ्ने र व्यवसायी पलायन हुने स्थिति बन्ने व्यवसायीको दाबी छ । भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै सरकारले बजेटको उक्त प्रावधान तत्काल फिर्ता लिनुपर्ने माग राखेका छन् ।

प्रचण्डलाई गगनको धम्की
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै आफूविरुद्ध दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने माग गरेका हुन् । साथै उनले गृहमन्त्री बरालिए भन्दैमा आफूहरु नबरालिने पनि बताए । उनले गृहमन्त्रीको उक्त अभिव्यक्तिको हिसाबकिताब लिनुपर्ने र त्यो हिसाब किताब गृहमन्त्रीसँग मात्रै लिएर अर्थ नहुने पनि बताए ।

यार्सा सङ्कलक ४ जनाको मृत्यु
बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको थियो भने अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

चुरे संरक्षणमा सांसदहरुको जोड
प्रतिनिधिसभा सदस्यहरुले चुरे क्षेत्रको विनाशका कारण खानेपानीको मुहान सुक्दै गएकाले तराईवासीले खानेपानीको चरम अभाव सामना गरिरहेका भन्दै समयमा नै चुरे जोगाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको बैठकमा सांसदहरुले तराईको खानेपानीसम्बन्धी समस्या दीर्घकालीनरुपमा समाधान गर्न चुरे बचाउनुपर्नेमा जोड दिएका हुन् ।

३२ मध्ये ३१ सिटमा सत्तारुढ दल विजयी
भारतको सिक्किम विधानसभाको मतपरिणम अनुसार ‘सिक्किम क्रान्तिकारी मोर्चा’ लाई प्रचण्ड बहुमत मिलेको छ । ३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ ले ३१ सिटमा जित निकाल्दै फेरी एकपटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । सिक्किम विधानसभामा कांग्रेस आई र भारतीय जनता पार्टीको उपस्थिति शून्य भएको छ । आफ्नो पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेसँगै ‘सिक्किम क्रान्तिकारी मोर्चा’का नेता प्रेमसिंह तामाङ अर्थात पीएस गोले फेरी मुख्यमन्त्रीमा दोहोरिने भएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व