३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

साताको पहिलो कारोबारको दिन दोहोरो अंकले बढ्यो नेप्से



काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ ।

आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ सय ५४ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ बराबरको कारोबार भएको छ । आजको कारोबारमा लगानी समूह शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन दुई दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै व्यापार समूहको ६ दशमलव ५६ र वित्त समूहको उपसूचक दुई दशमलव १७ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ एक दशमलव ११, विकास बैंक शून्य दशमलव २२, होटल तथा पर्यटन शून्य दशमलव ४६ र जलविद्युत् एक दशमलव २६ प्रतिशतले बढेको छ । जीवन बीमा समूह शून्य दशमलव ७७, लघुवित्त समूह शून्य दशमलव ५२ र अन्य समूह शून्य दशमलव ९६ प्रतिशतले बढेको छ ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव १३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २२ करोड ६४ लाख १३ हजार २८ बराबरको तीन लाख ८२ हजार ३५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ३ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं