१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

टी–२० विश्वकप

दोस्रो खेलमा वेस्ट इन्डिज र पीएनजी भिड्दै, को कति बलियो ?


२० जेष्ठ २०८१, आइतबार  

60
Shares

एजेन्सी । आइतबारबाट सुरु भएको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको दास्रो खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) भिड्दैछन् ।

उक्त खेल नेपाली समय अनुसार आइतबार राति ८ः१५ बजे सुरु हुनेछ । खेल क्यारेबियन राष्ट्र गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा हुनेछ आईसीसीको पछिल्लो टी–२० वरियतामा वेस्ट इन्डिज चौथो स्थानमा रहेको छ भने पीएनजी २० औँ वरियतामा रहेको छ । जरी टी–२० विश्वकपमा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी’ मा रहेका छन् ।

उक्त समूहमा वेस्ट इन्डिज र पीएनजी सँगै न्यूजिल्यान्ड, अफगानिस्तान र युगान्डा पनि रहेका छन् । २००७ सालमा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर रुपमा आफ्नो सहभागिता जनाउँदै आएको वेस्ट इन्डिज र पीएनजी बीचको प्रतिष्पर्धा कस्तो होला ? निकै चासोका साथ हेरिएको छ । यद्यपी पीएनजीको भने टी–२० विश्वकपमा यो दोस्रो सहभागिता हो । पीएनजीले यसअघि सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकपमा भाग लिएको थियो ।

त्यसबखत पीएनजी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो । वेस्ट इन्डिजले हालसम्म दुई पटक टी–२० विश्वकपको उपाधि उचालिसकेको छ । दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने वेस्ट इन्डिज पहिलो राष्ट्रपनि हो । वेस्ट इन्डिजको टोलीले पहिलो पटक सन् २०१२ र दोस्रो पटक २०१६ मा विश्वकपको उपाधि हात पारेको थियो ।

विगतका यि सवै तथ्यलाई नियाल्दा पीएनजी भन्दा वेस्ट इन्डिजको टोलि निकै बलियो देखिन्छ । वेस्ट इन्डिज र पीएनजीले हालसम्म आपसमा एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यस अर्थमा, यही विश्वकपमा यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

सन् २०१८ मा यी दुई टोलीबिच एकमात्र एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएको थियो । जुन खेलमा वेस्ट इन्डिज ६ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली