२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप

क्यानडाले अमेरिकालाई दियो १ सय ९५ रनको लक्ष्य



एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई क्यानडाले १ सय ९५ रनको लक्ष्य दिएको छ ।

डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनायो । क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए ।

श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा नट आउट रहे । क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५।२ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । उनी स्पिनर हरम्रीत सिंहको स्लो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे । परग्रत सिंह भने ५ रनमै रन आउट भए । त्यो समय क्यानडा ८ ओभरमा ६६-२ को अवस्थामा थियो ।

त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्टोन र धालिवालले ३७ बलमा ६२ रनको साझेदारी गरेका थिए । धालिवाल कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट भएका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको