९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

जेठ १८ गते शुक्रबार दिनभर के–के भयो ?

गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट ! मेयर बालेन र वडाध्यक्षबीच चर्काचर्की ! माधव–प्रचण्ड सम्बन्धमा दरार ! यात्रा अनुमति नभएका हतियार बोक्न रोक…


१८ जेष्ठ २०८१, शुक्रबार  

210
Shares

गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट
विभिन्न कारणले ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयलाई चुनौती दिई रिट निवेदन दर्ता भएको हो । बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले गृहमन्त्री लामिछानेको निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा रिट हालेका हुन् । शुक्रबार दर्ता भएको उनीहरुको रिट निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाई हुनेछ ।

बालेन र वडाध्यक्षबीच चर्काचर्की
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा न्यूरोडमा महानगरले गरिरहेको फुटपाथ विस्तारको बिषयमा मेयर बालेन्द्र साह (बालेन) र का.म.न.पा वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीच चर्काचर्की भएको छ । वडाध्यक्ष महर्जनले आफूलाई महानगरले सौतेनी व्यवहार गरेको भन्दै आफ्नो क्षेत्रमा फुटपाथ विस्तार हुँदा पत्रिका पढेर थाहा पाउनुपर्ने भन्दै प्रश्न गरेका थिए । तर, मेयर बालेनले फुटपाथ विस्तारको काम वडा नम्बर २२ मा नभई वडा नम्बर २४ मा भइरहेको स्पष्ट पारेका थिए । २४ नम्बर वडाध्यक्षले मान्छे फुटपाथमा हिँड्न गाह्रो भयो, पाकेटमार बढ्यो, यौन दुव्र्यवहार भयो, साँघुरो भयो भनेर भनेकाले फुटपाथ विस्तारको काम सुरु गरिएको बताएका थिए । साथै मेयर बालेनले वडा नम्बर २४ मा फुटपाथ विस्तारको काम हुँदा २२ को वडाध्यक्ष तपाईँलाई के समस्या ? भन्दै वडाध्यक्ष महर्जनलाई प्रश्न समेत गरेका थिए ।

माधव–प्रचण्ड सम्बन्धमा दरार !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् । बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकमा सांसदहरुले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखेका थिए । नेता नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको विपक्षी दलहरुको बैठकमा सहभागि भएका थिए । माओवादी संसदीय दलका नेतासमेत रहेको प्रधानमन्त्री प्रचण्डले भने आफूसँग परामर्श गरेर नै माधव नेपाल बुढानिलकण्ठ पुगेको बताएका हुन् ।

अवैद्य सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ
६० किलोभन्दा बढी अवैद्य सुन तस्करी प्रकरणमा काभ्रोका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाइ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले लाजिम्पाटबाट पक्राउ परेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो ।

कान्तिपुर सहकारीका पूर्व अध्यक्ष लामा पक्राउ
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामो हाल पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत रहेका छन् । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

बलात्कार मुद्दामा दोषी देखिए ट्रम्प
न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको सबै ३४ आरोपहरुमै दोषी ठहर्याएको छ । दुई दिनसम्म चलेको सुनुवाई पछि जुरीले ट्रम्पलाई दोषी ठहर गरेको हो । अमेरिकाको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रुपमा रकम दिएको आरोप ट्रम्पमाथि थियो ।

यात्रा अनुमति नभएका हतियार बोक्न रोक
कानुन बमोजिम इजाजल पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ । तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ । सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंको हतियार बरामद गरेपछि मन्त्रिपरिषद्ले इजाजत प्राप्त हतियार बोक्न थप कडाइ गरेको हो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको