८ आश्विन २०८३, बिहिबार । September 25, 2026

जेठ १० गते बिहीबार दिनभर के–के भयो ?

सिरोहिया पक्राउ पर्दा यत्रो रुवाबासी ! रवि विरुद्ध खनिए विश्वप्रकाश ! सन्दीपलाई भिसा दिलाउन पहल ! पासपोर्ट प्रकरणमा रविलाई कारबाही गर्न माग…


१० जेष्ठ २०८१, बिहिबार  

135
Shares

सिरोहिया पक्राउबारे केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको ओलीको भनाई थियो । अध्यक्ष ओलीले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।

रवि विरुद्ध आक्रोशित विश्वप्रकाश
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघ झापा—काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

दुई पासपोर्ट प्रकरणमा रविलाई कारबाही किन नगर्ने ?
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् । विराटनगरमा बिहीकार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको समेत उनको भनाई थियो ।

आफ्नो पार्टी फुटाउन राज्य शक्तिको दुरुपयोग गरियोः उपेन्द्र
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको शक्ति र स्रोत दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको बताउदै उनले प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको टिप्पणी समेत गरेका छन् । आफू देशमा नहुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्ति नै चोइटिएर गएको भन्दै यादवले यसमा राज्यशक्तिको दुरुपयोग भएको बताएका हुन् ।

सन्दीपलाई भिसा दिलाउन मन्त्रालयको पहल
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा प्रक्रियामा सबै प्रकारको सहयोग गर्ने बताएका छन् । बिहीबार मन्त्री श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच लामिछानेको भिसाबारे कुराकानी भएको थियो । कुराकानीपछि मन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको बताएका थिए । युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई लामिछानेको भिसाबारे आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको