३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

सोमबार २७.५४ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अंकको वृद्धि भएको छ ।

कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १।३३ प्रतिशतले बढेर बन्द भएको हो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ । यसक्रममा सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यसबाहेक नेरुडे मिरमिरे लघुवित्त, बाराही हाइड्रोपावर र एनआईसी एसिया बैंकको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । कारोबारमा आएका १३ समूहमध्ये ५ समूहमा गिरावट आएको छ । सोमबार वित्त समूह, जीवन बीमा समूह, उत्पादनमूलक समूह, लघुवित्त समूह र निर्जीवन बीमा समूहको सूचक घटेको हो ।

यसबाहेक बैंक, विकास बैंक, होटल तथा टुरिजम, जलविद्युत, लगानी, म्यूचुअल फण्ड, अन्य र व्यापार समूहको सूचक बढेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं