१८ असार २०८३, बिहिबार । July 3, 2026

जेठ ६ गते आइतबार दिनभर के–के भयो ?

संसद्मा रविले खोले सबैको पोल ! रविको अघि देउवा–गगन निरिह ! गौशाला चोकमा चल्यो बालेनको डोजर ! आँखा झिम्क्याएको निहुँमा हत्या ! उपेन्द्र फेरी अदालतमा…


६ जेष्ठ २०८१, आइतबार  

117
Shares

सहकारी ठगीमा मेरो संलग्नता छैन्ः रवि
गृहमन्त्री रवि लामिछानेले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू गोर्खा मिडिया प्रा.लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैंक खातामा पैसा आएको देखाउन चुनौती दिए । उनले जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह समेत गरेका छन् ।

कांग्रेसलाई रविको खरो जवाफ
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यक्ति केन्द्रीत नभई समस्या केन्द्रित भएर काम गर्न प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले सहकारीको विषय ल्याएर कांग्रेसले एउटा व्यक्तिविरुद्ध राजनीतिक दमन र दादागिरी गरेको बताएका हुन् । साथै उनले आफ्नो दललाई सहयोग नगरेपनि ननिमोठ्न आग्रह गरेका छन् ।

देउवालाई रविको प्रश्नः प्रधानमन्त्री अफर गरेको हो कि होइन ?
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलीपल्टदेखि संसद् बन्द गरेको बताएका छन् । उनले सो प्रस्ताव नगरेको भन्न सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

गौशाला चोकमा बालेनको डोजर
गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आइतबार बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको थियो । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।

आइतबार सुनको भाउमा नयाँ रेकर्ड
सुनको भाउले आइतबार फेरि उच्च रेकर्ड बनाएको छ । गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ४० हजार पुगेको सुन शुक्रबार ७ सय घटेको थियो । आइतबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेर १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको हो ।

प्रचण्डको साथ छोड्न नसकेका माधव
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

रवि विरुद्ध सडकमा नेविसंघ
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आइतबार पनि प्रदर्शन गरेको छ । नेविसंघका कार्याकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै माइतीभरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । यसअघि नेविसंघले संसद् भवनअगाडि पनि सहकारी ठगलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको थियो ।

उपेन्द्र यादव फेरी अदालतमा
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसद्लाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन् । उनले आइतबार दायर रिटमा जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन र अरु संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ । आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर समेत गरेका छन् ।

आँखा झिम्क्याएको निहुँमा हत्या
प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उनि ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर