गण्डकी सरकारलाई अदालतको अंकुश
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस्ता आदेश दिएको हो ।
प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग राख्दै आएको छ । आजको बैठकमा पनि नेपाली कांग्रेसले समिति नबनाइएको भन्दै अवरोध गरेको हो ।
नयाँ नोटबारे आक्रमक एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिको सल्लाहकारमाथि प्रश्न उठाएका छन् । सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयबारे राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको उनले बताए । सरकारले सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेपछि राष्ट्रपतिका सल्लाहकार नेपालले त्यसविरुद्धको अभिव्यक्ति दिएका थिए । शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यो बिषयलाई संसदमा गम्भीर रुपमा उठाउने बताएका थिए ।
संघीयताको पूर्ण कार्यान्वयनमा शंका
नेकपा एकीकृत समाजवादीकी सचिव राममुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् । नेपाली कांग्रेसका स्व. नेता प्रदीप स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दे सचिव झाँक्रिले बर्तमान राजनीतिक शैलीले संघीयतालाई टिक्न नदिने बताएकी हुन् । झाँक्रीले संघीयता सबलीकरणका लागि शासकीय स्वरूप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको धारण राखेकी छन् । झाँक्रीले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको समेत बताएकी छन् ।
फेरी भेटियो विमानस्थलमा अवैध सुन
सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ घर भएका ३७ बर्षीय विजयकुमार लिम्बिुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिगंगाबाट ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो । उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
स्रोत नखुलेको ९८ लाख रुपैयाँको नालिबेली
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखेलेको ९८ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ बर्षीय समिर सुनार तथा सोही ठाउँका २९ बर्षीय मिलन बिक रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । पक्राउ परेका २९ बर्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अबैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र निजको सम्पत्ति शुद्धीकरणमा समेत मुद्धा अनुसन्धानमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
जहाज मर्मतमा भएको ढिलाईबारे छानबिन गर्न समिति गठन
नेपाल एयरलाइन्स व्यवस्थापनले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेको छ । निगमको ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको थियो । निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । यो समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मतका लागि पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन र अध्ययन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउन भनिएको छ ।
कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका छन् । बिहीबार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा प्रदेशको बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख पर्शुराम खापुङले ३१ बैशाख विहान ११ बजेका लागि प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका हुन् ।
कोशी विवादः सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा जेठ ९ गते सुनुवाईको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुबै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो । यो बिषय संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही गर्न दिन अन्तरिम आदेश माग गरेका थिए ।
सरकारलाई कांग्रेसको चेतावनी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न मानिसहरूलाई बचाउन राज्यका संवैधानिक निकायको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा कतै उजुरी र जाहेरी नपरेको पत्र महान्यायाधिवक्ता कार्यालयले दिएको बिषय उठान गरेका थिए । महान्यायाधिवक्ता कार्यालयले उपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी नपरेको, अनुसन्धान नभएको र अभियोग नलागेको भनेर दिएको पत्र सार्वजनिक भएको छ ।
प्रतिक्रिया