२१ बैशाख २०८२, आइतबार । May 5, 2025

अठार वर्षपछि सडक कालोपत्रे, स्थानिय दङ्ग



म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ ।

पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो । उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताए । “बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो”, उनले भने, “सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ ।”

तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो । यहाँ एक सय घर छन् । उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा रु ६५ लाख बजेट विनियोजन भएको थियो ।

गत पुसमा रु ५८ लाखमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले दुई सय ५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताए । मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब चार सय मिटर पक्की नाली निर्माण गरेको थियो ।

यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान गरिएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघको प्रतिबद्धता

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम

अमेरिकामा विमान दुर्घटना, २ जना मान्छे र एउटा कुकुरको ज्यान गयो

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिमी भ्यालीमा शनिबार दिउँसो एक

हप्ताको सुरुआतमै शेयर बजार ओरालो, नेप्सेमा झण्डै ३.५ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन नेपाली शेयर बजार केही कमजोर

मेलम्चीमा बाढी, काठमाडौंमा पानी वितरण रोकियो !

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा आएको बाढीका कारण काठमाडौं उपत्यकामा