४ असार २०८३, बिहिबार । June 18, 2026

तिन दिनमा दुई करोड बराबरको सयपत्री फूलको कारोबार


९ कार्तिक २०७९, बुधबार  

6
Shares

धरान । तिहारको यो तीन दिनको अवधिमा धरानमा दुई करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार कारोबार भएको छ ।

सोमबार, मङ्गलबार र बुुधबार कृिष उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ । यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पूज्ने गरिन्छ ।

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ्ख्यामा बिक्री भएको छ । लक्ष्मी पूजाको दिन मात्र एक करोडको कारोबार भएको थियो । पन्ध्र दिन अघि नै भारतको कोलकत्ताबाट रु दुई लाख तयारी माला ल्याइएका थिए ।

नेपाली फुलका करिब दुई लाख नै माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । भारतीय डेढ लाख माला रु ५० को दरले बिक्री भएको छ भने नेपाली फूलको माला औसत एक सय रुपैया परेको उनले बनाए ।

भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईले गुनासो गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा