५ बैशाख २०८३, शनिबार । April 18, 2026

वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब


९ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् ।

कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु¥याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गतवर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) को पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत आठ दशमलव ५७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १२ दशमलव ०६ प्रतिशत पुगेको छ । जुन तीन दशमलव ४९ प्रतिशत विन्दुले बढी हो ।

तर ब्याजदर वृद्धिले वाणिज्य बैंकको खुद नाफामा भने सकारात्मक प्रभाव देखिएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद ब्याज नाफा २८ दशमलव ४४ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुले चालु आवको त्रैमासमा रु ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार ब्याज नाफा आर्जन गरेका छन् भने गत आवको सोही अवधिमा यस्तो नाफा रु ३५ अर्ब ६५ करोड ८६ लाख ७८ हजार थियो ।

चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी ब्याजबाट नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । बैंकले यस अवधिमा रु तीन अर्ब ६७ करोड ७१ लाख ७९ हजार ब्याजबाट नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नबिल बैंकको ब्याज नाफा रु दुई अर्ब २४ करोड १५ लाख २७ हजार थियो ।

ब्याजबाट बढी नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक दोस्रो र ग्लोबल आईएमई बैंक तेस्रो नम्बरमा छन् । यी दुई बैंकले असोज मसान्तसम्ममा क्रमशः रु तीन अर्ब ४१ करोड ४ लाख ९६ हजार र रु तीन अर्ब २० करोड २७ लाख चार हजार खुद ब्याजबाट नाफा कमाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज नाफा रु तीन अर्ब १८ करोड ३८ लाख ९९ हजार छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले क्रमशः रु दुई अर्ब १२ करोड ९५ लाख, रु दुई अर्ब १२ करोड ८५ लाख र रु दुई अर्ब पाँच करोड ४२ लाख ब्याजबाट नाफा आर्जन गरेका छन् ।

प्रभु र कुमारी बैंकले रु एक अर्ब ९७ करोड कमाएका छन् भने नेपाल बैंक लिमिटेडले रु एक अर्ब ९० करोड खुद ब्याजबाट नाफा गरेको छ । एभरेस्ट बैंक र प्राइम कमर्सियल बैंकले रु एक अर्ब ८८ करोड ब्याज नाफा आर्जन गरेका छन् । साथै, कृषि विकास बैंकले रु एक अर्ब ८३ करोड, हिमालयन बैंकले एक अर्ब ८० करोड र मेगा बैंकले एक अर्ब ७९ करोड खुद ब्याज नाफा आर्जन गर्न सफल भएका छन् ।

समीक्षा अवधिमा सानिमा बैंकको ब्याज नाफा आर्जन एक अर्ब ६० करोड छ भने लक्ष्मी बैंकको एक अर्ब ५१ करोड छ । माछापुच्छ्रे, सिटिजन्स र सनराइज बैंको ब्याज नाफा क्रमशः एक अर्ब ४७ करोड, एक अर्ब ४५ करोड र एक अर्ब ४३ करोड छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले रु एक अर्ब ४१ करोड, नेपाल एसबीआई बैंकले रु एक अर्ब २९ करोड, बैंक अफ काठमाण्डूले रु एक अर्ब २२ करोड, सिभिल बैंकले रु एक अर्ब १५ करोड र एनसीसी बैंकले रु एक अर्ब १२ करोड खुद ब्याज नाफा गरेका छन् ।

त्यसैगरी सेञ्चुरी कमर्सियल बैंकले सबैभन्दा कम एक अर्ब ७ करोड ६२ लाख ४१ हजार खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा सबैभन्दा बढी ब्याज नाफा बढाउनेमा एभरेष्ट बैंक छ । एभरेष्ट बैंकले गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा ४२ दशमलव नौ प्रतिशतले ब्याज नाफा बढाएको छ ।

त्यस्तै, लक्ष्मी बैंकले ४१ दशमलव तीन प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ३९ दशमलव ९४ प्रतिशत र नबिल बैंकले ३९ दशमलव चार प्रतिशतले ब्याज नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ भदौमा ६ दशमलव ८९ प्रतिशत रहेकामा २०७९ भदौमा १० दशमलव एक प्रतिशत छ ।

२०७९ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ६ प्रतिशत छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित