२१ मंसिर २०८२, शनिबार । December 6, 2025

एसीसी प्रिमियर कपः टस जितेर पहिले बलिङ गर्दै नेपाल



काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा सुरु खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पोडेलले टस जितेर हङकङलाई पहिले ब्याटिङको निम्तो दिए । वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलको ओभरसमेत घटाइएको छ । निर्धारित २० ओभरको खेललाई १८ ओभरमा घटाएको हो ।

यसअघि नेपाली समयअनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेको थियो । उक्त प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यस खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । हङकङ भने दोस्रो जितको खोजीमा छ । यसअघि खेलेको दुई खेलमध्ये हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको