२३ चैत्र २०८२, सोमबार । April 7, 2026

चैत्र २९ गते बिहीबार दिनभर के–के भयो ?

एनसेल टावरमा बम विस्फोट ! रविलाई प्रश्नः जीबी राई कहिले पक्राउ पर्छन् ? भागबण्डा मिलाउन थपियो मन्त्रालय…


२९ चैत्र २०८०, बिहिबार  

339
Shares

१.प्रहरीको विशेष सुरक्षा योजना सार्वजनीक
प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् । उनले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् ।

२.एनसेल टावरमा बम बिस्फोट
सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विस्फोट भएको छ । गएराति करिब १ बजेतिर टावरमा प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विस्फोटबाट तावरको तार जलेको छ । घटनास्थलमा जनमुक्ति सेनाको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

३. राजेन्द्र लिङ्देनको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले राजनीति लेखापढले मात्र नहुने बताए । पछिल्लो समय राजनीति विकृत बन्दै गएको भन्दै राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको उनको भनाई छ ।

४. नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण
एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक बर्ष २०८०÷८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ ।

५. गण्डकीमा थपिए २ मन्त्रालय
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको सँख्या ७ बाट बढाएर ९ पुर्याएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको हो । यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए । यसपटक सत्ता संकटमा पर्ने देखिएपछि फेरि ९ मन्त्रालय बनाउने निर्णय गरेका हुन् ।

६.एनआरएनए लाई परराष्ट्रको पत्र
परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई नियमित बाहेकका कामकारबाही नगर्न पत्र पठाएको छ । पछिल्लो अधिवेशनपछि नवीकरण हुन नसकेको एनआरएन बुधबार नवीकरण गरेसँगै परराष्ट्र मन्त्रालयले कामकाज रोक्न पत्राचार गरेको हो । सर्वोच्च अदालतको गत २१ चैतको फैसलालाई आधार बनाएर नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन नभएसम्मका लागि संघको सचिवालयबाट नियमित प्रशासनिक काम कारबाही बाहेक अन्य काम नगर्न परराष्ट्र मन्त्रालयले जनाएको छ ।

७.सीआईआईको प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्ने इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो ।

८. रविलाई प्रश्नः जीबी राई कहिले पक्राउ पर्छन् ?
बुटवलको सुप्रिम सहकारीका बचतकर्ताहरुले संस्थाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) र व्यवस्थापक सागर केसीलाई सरकारले कहिले पक्राउ गर्न भनेर प्रश्न गरेका छन् । उक्त सहकारीका पीडितहरुले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षमा हुँदा चर्को स्वरमा जीबी राईलाई पक्राउ गर्न किन नसकेको भन्दै प्रश्न गर्ने रवि अहिले आफैँ गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएका थिए ।

९.कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद
सर्लाहीमा एक कवाडीको गोदामबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ । मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बिहीबार बिहान प्रहरीले बरामद गरेको हो । उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा सो स्थान खनी हेर्दा पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला पारेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने