२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मंगलबार नेप्से परिसूचकमा सामान्य अङ्कको बृद्धि


२७ चैत्र २०८०, मंगलबार  

9
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ ।

नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा रु चार अर्बभन्दा बढीको कारोबार भएको छ । आज तीन सय १५ कम्पनीको ९७ लाख ८९ हजार चार सय १६ कित्ता शेयर ७२ हजार दुई सय ६१ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १४ करोड ३७ लाख ८३ हजार नौ सय ८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन समूह शून्य दशमलव ६८, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४६ र लघुवित्त समूह एक दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ७९ र अन्य समूह दुई दशमलव ४२ प्रतिशतले बढेको छ । त्यसैगरी, बैंकिङ शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव ६७, जलविद्युत् शून्य दशमलव ७६, लगानी शून्य दशमलव ६९, जीवन बीमा शून्य दशमलव ४९, म्युचअल फन्ड शून्य दशमलव ५०, निर्जीवन बीमा एक र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समान नौ दशमलव ९९ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १८ करोड आठ लाख १० हजार नौ सय २० बराबरको तीन लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ