२० असार २०८३, शनिबार । July 4, 2026

आज दिनभर के–के भयो ?

नेपालको शानदार प्रर्दशन ! उत्साहित दुर्गा प्रसाईं ! रवि र हर्कबिच भेटवार्ता ! अनलाइन ठगीको डर ! बढ्यो पेट्रोलको मूल्य...


१८ चैत्र २०८०, आइतबार  

45
Shares

१. नेपालको शानदार प्रर्दशन
त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा ८ विकेटको जित निकालेको छ । आइतबार भारतको राज्यस्तरीय टोली गुजरातलाई हराउँदै नेपाल विजयी भएको हो । जितका लागि ९९ रनको लक्ष्य पाएको नेपालले १५ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदान गरेका थिए । यस्तै कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रनको योगफल बनाएका थिए । समान १६÷१६ बल खेलेको आपेनरद्वय कुशल भुर्तेल र आसिफ शेखले भने क्रमशः १७ र १६ रन जोड्न सफल भएका थिए ।

२. स्रोत नखुलेको साढे १८ लाख रकम सहित एक जना पक्राउ
स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २३ बर्षीय रिसब श्रेष्ठ रहेका छन् । फक्राउ परेको श्रेष्ठ लु २ ख ४५३५ नम्बरको बसका चालक रहेका छन् । उनको साथबाट बरामद गरिएको उक्त रकम तिलोत्तमा नगरपालिका–११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेको रहेको प्रहरीले जनाएको छ ।

३. गृहमन्त्री रवि लामिछाने र मेयर साम्पाङबिच भेटवार्ता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर प्रमुख साम्पाङले गृहमन्त्री लामिछानेसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि प्रयाप्त स्रोतसाधानको माग गरेका थिए । साथै मेयर साम्पाङ र गृहमन्त्री लामिछानेबिच लागुऔषध दुव्र्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो ।

४.मेडिकल व्यवसायी पण्डित सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डित सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रा.लीका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले हस्पिटेक इन्टरनेशनलका बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

५. उत्साहित दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ भनेर नभनेको जिकिर गरे । साथै उनले मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने समेत बताएका छन् ।

६.स्वास्थ्यकर्मी नियुक्त गर्न सांसद कार्कीको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरु नियुक्त गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्यकर्मीको अभावमा वीर अस्पतालको सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन् । वीर अस्पतालमा ८ सय ३१ जनाको दरबन्दी स्वीकृत भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भए पनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्नेमा जोड दिइन् ।

७. न्यायाधीशको भूमिकामाथि प्रश्न
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले जिल्लादेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशले गरेको न्याय निरुपणको बारेमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले न्यायपालिकाको जिल्ला वा उच्च वा सर्वोच्चले फैसला गर्दा कानूनको आधारमा हुनुपर्ने भन्दै व्यक्तिको अनुहार हेरेर गर्ने गरेको आरोप लगाएका थिए ।

८. कर प्रणाली सुधार उच्चस्तरीय समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन
कर प्रणाली सुधारसम्बन्धी उच्च स्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले ६ महिना लगाएर तयार पारेको उक्त प्रतिवेदनमा राजश्व परिचालनमा बृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्तको सबलीकरण हुने विश्वास लिइएको छ । साथै प्रतिवेदनमा करसम्बन्धी कानून, कारका दर, कर प्रशासन, राजश्व संरचनासहित अर्थतन्त्रका विविध बिषयमा सुझाव उल्लेख गरिएको छ ।

९. अनलाइनमार्फत ठगी गर्ने पक्राउ
अनलाइनमार्फत ठगी गरेको आरोपमा पर्सा प्रहरीले ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ बर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ बर्षीय वाङ बोहाङ र हुबेई प्रान्तकै ३६ बर्षीय सियाङ जियाओ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले कम्युटर, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्ड लगायतका सामग्रीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

१०. प्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको हो । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ । डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर