६ बैशाख २०८३, आइतबार । April 19, 2026

आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो


१३ चैत्र २०८०, मंगलबार  

6
Shares

काठमाडौं । आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ ।

आयरल्याण्ड ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले आयरल्याण्डलाई जितको लागि एक सय ९९ रनको लक्ष्य दिएको थियो ।

जवाफमा आयरल्याण्डको पारी १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै एक सय २७ रनमा समेटियो । आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । उनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै मोर्गन टपिङ्गले २१, केड कारमाइकलले १८ तथा कप्तान निल रकले १७ रन बनाए ।

बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन तथा विवेक यादव, कुशल भुर्तेल र करण केसीले एक एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे । त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए ।

बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित