४ असार २०८३, बिहिबार । June 18, 2026

मंगलबार नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


१३ चैत्र २०८०, मंगलबार  

6
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दूई दशमलव ११ र जलविद्युत् समूह एक दशमलव ५८ प्रतिशतले बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ३५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ९ करोड ३१ लाख ३९ हजार ७० बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार छ सय २४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा