२८ बैशाख २०८२, आइतबार । May 11, 2025

बेलायत

प्रधानमन्त्रीको दौडबाट पछि हटे जोनसन



ऐजेन्सी । बेलायती पुर्वप्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री लिज ट्रसलाई प्रतिस्थापन गर्ने दौडबाट बाहिरिने निधो गरेका छन् ।

जोनसनले १०२ सांसदको समर्थन आफुलाई रहेको भएपनि आगामी चुनावमा जित निश्चित रहेको तर यो सहि समय नरहेको भन्दै प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका हुन् । १०२ सांसदको साथ रहेको दावीका विच पुर्वप्रधानमन्त्री जोनसनलाई ५७ सांसदले मात्रै सार्वजनिक रुपमा समर्थन् गरेका छन् ।

यसैबिच प्रधानमन्त्रीका आकांक्षी ऋषि सुनकले जोनसन प्रति कृतज्ञता वयक्त गर्दै उनले कोभिड नियन्त्रणका लागि गरेको काम अविस्मरणिय रहेको बताएका छन् । युक्रेन–रसिया युद्धका बेला जोनसनले निभाएको भुमिकाको पनि सुनकले खुलेर प्रसंसा गरेका छन् ।

सुनकलाई १०० सांसदको समर्थन रहेको तर यसलाई उनले हल्कामा नलिएको उनको चुनाबी अभियानको एक श्रोतले जनाएको छ । गत महिना भएको कन्जर्भेटिभ नेतृत्व छान्ने निर्वाचनमा दोस्रो भएका उनले चुनावी प्रचारप्रसारका क्रममा आफ्नी प्रतिस्पर्धीको योजनाहरूले यूकेको अर्थतन्त्र बिगार्ने तर्क गरेका थिए । तर पार्टी सदस्यहरूलाई आश्वस्त पार्न उनी विफल भएका थिए ।

उनले लिज ट्रसभन्दा २१ हजार मत कम पाएका थिए । पूर्वअर्थमन्त्री समेत रहेका सुनकले लकडाउनका बेला अर्थतन्त्रलाई गतिशील राख्ने प्रयासमा ठूलो रकम खर्च गर्नुपर्यो जसकारण खासै चर्चामा नरहेका उनले लोकप्रियता बटुल्न समेत सफल भएका थिए ।

हाल बेलायतको प्रधानमन्त्रीका पदका आकांक्षी रहेका पेनी मोर्डन्ट, बेन वालेस, केमी बडेनोच, सुएला ब्राभर्मन चुनावी दौडमा छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप