२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्यालको प्यानल विजयी


२३ आश्विन २०८०, मंगलबार  

3
Shares

रुपन्देही । बुटवल उद्योग वाणिज्य संघको निर्वाचनबाट हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ ।

संघको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । अर्यालले ७७६ मत प्राप्त गर्दा श्रेष्ठले ६८९ मत प्राप्त गरे । अर्याल र श्रेष्ठ दुवै कांग्रेस निकट व्यवसायी हुन् ।

नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा संघमा आवद्ध १ हजार ७७८ मतदातामध्ये १ हजार ५०६ मत खसेको थियो। २०७१ सालमा महासचिव बनेका अर्याल २०७४ सालमा वाणिज्य उपाध्यक्ष निर्वाचित भएका थिए। त्यस्तै, उद्योग उपाध्यक्षमा ७७८ मत ल्याएर सुरज भट्टराई विजयी भएका छन् ।

भट्टराई नेकपा एमाले निकट हुन् । उनका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे । महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सहकोषाध्यक्षमा धनाकुमारी खनाल विजयी भएकी छन्। निर्वाचित सबै अर्याल प्यानलका हुन् ।

सचिवमा अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ