२२ माघ २०८२, बुधबार । February 4, 2026

कर्णालीमा जीवन बीमाको पहुँच निकै कमजोर



कर्णाली । जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन् । कर्णालीमा चार प्रतिशत नागरिकमात्र बीमा कार्यक्रमको पहुँचमा भएको तथ्याङ्क छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कानुसार कर्णालीको कुल जनसङ्ख्याको चार प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा छन् ।

बीमा प्रिमियम (शुल्क) सङ्कलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बीमा गर्ने नागरिकको सङ्ख्या न्यून रहेको प्राधिकरण प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकारी दिए । उनले भने, ‘देशका सात प्रदेशको तुलनामा जीवन बीमाको पहुँच आजका दिनसम्म पनि कर्णाली पछि छ । यसो हुनुको कारण यहाँको भौगोलिक विकटता, वित्तीय साक्षरता र जीवन बीमा कम्पनीले ग्रामीण भेगसम्म सेवा विस्तार नगर्नु हो ।’

बीमा मानव जीवनको सङ्कटको नजिकको सारथी हो भन्ने बुझाउन नसकेसम्म नागरिकले बीमा नगर्ने उनको भनाइ छ । उनका अनुसार कर्णालीमा सक्रिय जीवन बीमालेखको सङ्ख्या दुई लाख १७ हजार छ सय ५० रहेको छ । प्राधिकरणले कर्णालीवासीमा बीमाको पहुँच अभिवृद्धि गर्न जीवन तथा निर्जीवन बीमकसँग नियमित छलफल, बीमा अभिकर्ता, सर्भेयर तथा क्षति मूल्याङ्कनकर्तासँग अन्तरक्रिया, स्थानीय तह, प्रहरी र जिल्ला समन्वय समितिसँग अन्तरक्रिया तथा छलफल अगाडि बढाएको छ ।

कर्णालीका १० जिल्लामा जीवन बीमकको शाखा र उपशाखासहित एक सय १० र पुस मसान्तसम्मको कर्णालीमा निर्जीवन बीमकको सङ्ख्या शाखा र उपशाखासहित ४५ कार्यालय स्थापना गरिएको उनले बताए । प्रमुख सोडारीका अनुसार निर्जीवन बीमा गर्नेहरूको सङ्ख्या पनि कर्णालीमा न्यून छ । ‘बीमा शुल्क सङ्कलनलाई आधारमा मान्दा यहाँका एक दशमलव चार प्रतिशत नागरिकमात्र निर्जीवन बीमाको पहुँचमा छन्’, उनले भने, ‘सामुन्द्रिक, मोटर, सम्पत्ति, कृषिबाली, लद्यु तथा विविधसहित कर्णालीमा ५६ हजार आठ सय ९२ निर्जीवन बीमालेख रहेको छ ।’ प्रदेशमा बीमा नीति तथा कानुनको अभाव, जनचेतनाको कमी, भौगोलिक कठिनाइ, वित्तीय साक्षरता नहुनु, बेरोजगारी तथा न्यून आयस्तर कर्णालीको बीमा क्षेत्रको ठूलो चुनौती रहेको प्रमुख सोडारीले बताए ।

उनले कर्णालीमा वित्तीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको न्यून उपस्थितिले पनि बीमा कार्यक्रममा नागरिकको पहुँच वृद्धि हुन नसकेको बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ११ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल