२३ माघ २०८२, बिहिबार । February 5, 2026

सय किलो सुन प्रकरणः काठमाडौंबाट थप २ जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा बिहीबार साँझ काठमाडौं बाट थप दुई जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागले काठमाडौंको कोटेश्वरबाट राजन श्रेष्ठ र पुष्करराज भट्टलाई पक्राउ गरेको हो । भट्ट ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक हुन् । राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलसँगको समन्वयमा ५ वटा टोली बनाएर अपरेशन गरिरहेको छ । सो ‘विशेष अपरेशन’को कमाण्ड राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले गरेका छन् ।

सशस्त्र प्रहरीका डिएसपी प्रदिप राईसहितको सशस्त्रको टिम अपरेशनमा खटिएको छ । बिहिबार दिउँसो चिन उड्न लागेका चिनियाँ नागरिक लिङ चुवानलाई पनि सुन ओसार पसारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । अहिलेसम्म पक्राउ पर्नेहरुको संख्या ९ जना पुगेको छ ।

बुधबार राति सुन ओसारपसारमा संलग्न अरोपमा ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भएका राम कुमार भुजेल, दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भएका हर्कराज राई र भारतिय नागरिक थाप्तेन छिरिङ छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल