१ आश्विन २०८३, बिहिबार । September 17, 2026

प्रेमीको निहुँमा युवतीबीच ‘ग्याङ फाइट’, एकजना पक्राउ


१ श्रावण २०८०, सोमबार  

6
Shares

सुनसरी । मदिरा सेवन गरी सुनसरीको सप्तकोसी नदीछेउमा युवती समूहबीच ‘ग्याङ फाइट’ भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोसी नदी किनारमा युवतीबीच ‘ग्याङ फाइट’ भएको हो । तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई समूहबीच विवाद भएको प्रहरीको भनाइ छ ।

पाँचजनाको समूहले अर्को समूहलाई निर्घात घुटपिट र आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्नमध्ये एकजनालाई पक्राउ गरिएको जनाएको छ । कुटपिटमा संलग्न आरोपमा बराहक्षेत्रका १९ वर्षीया कृति लिम्बू पक्राउ परेका छन् ।

सप्तकोसीको राजावास क्षेत्रमा यो घटना भएको सुनसरीका प्रहरी प्रवक्ता एवं डीएसपी राजकुमार राईले जानकारी दिए । घटनामा संलग्न बराह क्षेत्र–९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराह क्षेत्र–८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र बिनिता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा बराह क्षेत्र ८ का १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नविना विश्वकर्मा र राजाबासकी १९ वर्षीया मनिषा राईलाई पाँच जनाको समूहमा रहेका किशोरीले निर्घात कुटपिट गरेका थिए ।

कुटपिट गरी त्यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गरिएको थियो । घटना गएको शुक्रबारको हो । प्रेमीको कुरा काटेको र त्यसकै आक्रोशमा मदिरा सेवन गरी कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार अरू चार युवतीको खोजी भइरहेको डीएसपी राईले बताए । घटनामा संलग्न दुवै समूहका युवती साथीहरू हुन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ