१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सुरु भयो नयाँ आर्थिक वर्ष, लागू भए नयाँ कर


१ श्रावण २०८०, सोमबार  

3
Shares

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका तीन वटा नयाँ शीर्षक कर आजदेखि कार्यान्वयनमा आउने भएको छ । वैदेशिक पर्यटन कर, विलासिता कर र वैदेशिक रोजगारी कर आजदेखि लागू हुनेछ । जेठ १५ मा पेस गरिएको बजेट अनुसार चालु आर्थिक वर्षबाट वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ।

यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्दै आएको थियो । बैदेशिक पर्यटन कर अनुसार अब वैदेशिक भ्रमणको प्याकेज खरिद गर्दा लाग्ने शुल्कमा ५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ। त्यस्तै सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ ।

सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । अब वैदेशिक रोजगार व्यवसायी तथा म्यानपावर कम्‍पनीहरूले श्रमिकहरूबाट उठाउने सेवा शुल्कमध्ये एक प्रतिशत रकम वैदेशिक रोजगार करका रूपमा तिर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ