१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

एसीसी यू—१६ इस्ट जोन कप

दुई सय २१ रनको विशाल अन्तरले नेपालसँग मलेसिया पराजित


१९ असार २०८०, मंगलबार  

9
Shares

काठमाडौं । एसीसी यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात परेको छ ।

नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो ।

ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १४.५ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । पहिलो ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले सतकीय पाली खेले । उनले टोलीका लागि अविजित एक सय १२ रनको योगदान गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेनले केवल ८९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए । निरजकुमार यादवले पनि ४७ रन बनाए । सन्तोष यादवले पनि २९ बलमा दुई चौकाको मद्दतले २६ रन जोडे ।

ओपनर ब्याट्सम्यान सूयान्सु कोइराला १८ रनमा पेभेलियन फर्किए भने अशोक धामीले ११ रन बनाए । नेपालले अतिरिक्त रूपमा २६ रन पाएको थियो । मलेसियाका बलर मुहम्मद अक्रमले तीन विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मलेसियाका लागि छैटौं नम्बरका ब्याट्सम्यान मुहम्मद अक्रमले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । उनी १० रन बनाउँदै आउट भए । मलेसियाले अतिरिक्त रूपमा ६ रन पाएको थियो ।

नेपाली टोलीका बलर अभिषेख तिवारी एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिएका थिए । सन्तोष यादवले पनि तीन विकेट हात पारे । उनले तीन ओभरमा दुई मेडन राख्दै नौ रन खर्चिएका थिए ।

सागर गैरेले पनि एक विकेट लिए । अशोक धामीले पनि एक विकेट हात पारे ।  

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली