१२ असार २०८३, शुक्रबार । June 26, 2026

श्री एयरलाइन्सका ३ जहाजले पाए उडान अनुमति


१८ असार २०८०, सोमबार  

6
Shares

काठमाडौं । फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमत उडानका लागि अनुमति दिएको छ।

नागरिक उड्डययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, विभागले गरेको प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्रीका दुइटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सीआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको जनाउँदै विभागले उडान गर्न अनुमति दिएको हो। श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान छन्। तीमध्ये पछिल्लो समय चार वटा जहाज उडानमा थिए। शनिबार धनगढीमा हाइड्रोलिकको समस्या देखापरेको र शनिबारै पोखरामा इन्जिन आयल लिक भएको गरी दुइटा जहाजको मर्मत गर्नुपर्ने भएकाले तिनलाई ग्राउडेड गरिएको छ।

विभागका अनुसार, अहिले उडानयोग्य भएका जहाजमा सीआरजे अल्फा माइक चार्ली तथा बमबार्डियर ड्यास क्यू–४०० तर्फ अल्फा नोभेम्बर इको र अल्फा नोभेम्बर सेरामात्रै हुन् । श्रीले सोमबार काठमाडौंबाट, पोखरा, नेपालगन्ज,भद्रपुर, भैरहवा, विराटनगर, ३१ वटा उडान तालिकामा राखेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर