१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

बेसहाराका लागि नेपथ्य लाइभ कन्सर्ट



काठमाडौं । बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा आयोजना गर्न लागिएको छ ।

विगत १० वर्षदेखि सहयोगापेक्षी सडक आश्रित नागरिकको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा आउँदो मङ्सिरमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागेको हो । कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको जनाइएको छ । स्थापित नेपथ्य व्याण्ड विगत तीन दशकदेखि सङ्गीतको माध्यमबाट सकारात्मक रूपान्तरणका लागि सक्रिय छ । यसले ‘शान्तिका लागि शिक्षा’, ‘सुन्दर शान्त नेपाल’, जस्ता नारा बोकेर गीत सङ्गीतमार्फत सामाजिक रुपान्तरणमा सहयोग गर्दै आएको छ ।

ब्याण्डले नेपालका विभिन्न सहरका साथै विश्वका अन्य मुलुकमासमेत सफलतापूर्वक कार्यक्रम सम्पन्न गरिसकेको छ । आफ्नो निर्माणाधीन भवन सम्पन्न गर्नुका साथै बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उक्त लाइभ कन्सर्ट विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने उनले बताए ।

आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । शाखा रहेका सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एवं भवन निर्माणको चरणमा छ । विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल भइरहेको छ । हाल आश्रमको संरक्षणमा एक हजार पाँच सय बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त व्यक्ति छन् ।

नेपथ्य लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट सुरू गरिने आश्रमले जनाएको छ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भूटनदेवी स्कुल मैदान, २५ गते चितवनको क्याम्पाचौर, २९ गते नेपालगञ्ज रङ्गशाला, आगामी पुस ३ गते धनगढी रङ्गशाला, पुस ६ गते सुर्खेतको खुल्लामञ्च, पुस ९ गते बुटवलको कालिका मानवज्ञान मावि, १२ गते पोखरा रङ्गशालामा तथा कन्सर्टको अन्तिम कार्यक्रम पुस १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको