२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मंगलबार नेप्से परिसूचक उच्च अङ्कले बृद्धि


१२ असार २०८०, मंगलबार  

6
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ३६ पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलब ४० अङ्कले उकालो लागेर चार सय १२ दशमलब ५१ मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य बृद्धि भएको हो । कूल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु २५ करोड १२ लाख ३३ हजार छ सय ९४ बराबरको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको रु २२ करोड ६३ लाख ४५ हजार दुई सय १८, सोल्टी होटलको रु २२ करोड ४२ लाख २९ हजार छ सय ३८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु १३ करोड १४ लाख २० हजार दुई सय ८७ र हिमालयन डिस्टिलरीको रु १२ करोड ४८ लाख ९७ हजार छ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, गरिमा विकास लघुवित्तलगायत कूल २८ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सिक्लेस हाइड्रोपावर तीन दशमलब ८८, गरिमा बैंकको ऋणपत्र तीन दशमलब शुन्य आठ, राष्ट्रिय बीमा कम्पनी दुई दशमलब ४९,सेञ्चुरी बैंकको ऋणपत्र एक दशमलब ९१ र बलेफी हाइड्रोेपावरका लगानीकर्ताले एक दशमलब ६९ प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ