१७ श्रावण २०८३, आइतबार । August 2, 2026

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब २८ करोड ५० लाख


१० असार २०८०, आइतबार  

6
Shares

मोरङ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु.तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

महानगरको १२ औँ नगर सभामा आज उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ रु एक अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ रु तीन करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ रु ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ रु १३ करोड ६७ लाख र शिक्षा तर्फ रु ६७ करो ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु तीन करोड पाँच लाख र वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु दुई करोड ७२ लाख विनियोजन गरेको छ ।

आगामी वर्ष सञ्चालन हुने मुख्यम आयोजनाहरुमा वडा स्तरीय आयोजनाका लागि रु ३८ करोड, नगरस्तरीय आयोजनाका लागि रु २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमांगत योजनाको भुक्तानीका लागि रु ६५ करो, आरयुडिपी बाट निर्माण भएका पिच सडकहरु समेत गरी मर्मतसम्भार रु १० करोड, सडक बत्ती तर्फ रु एक करोड ५३ लाख ७५ हजार अन्य पूर्वाधारतर्फ रु २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्र रु दुई करोड ६५ लाख र समपुर कोषका लागि रु दुई करोड विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ रु एक अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ रु चार करोड ५१ लाख ६३ हजार, बाँडफाँडबाट प्राप्त राजस्व तर्फ रु ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ रु ९९ करोड ५० लाख, जनसहभागिता तर्फ रु १० करोड, आन्तरिक ऋण तर्फ रु १० करोड, अन्यसंघसंस्था तर्फ रु तीन करोड र नगद मौज्दात वापत रु दुई करोड आय हुने अनुमान बजेटमा गरिएको छ ।

महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा प्रस्तुत बजेटको कार्यान्वयबाट विराटनगर महानगरपालिकाको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य नतिजा हासिल हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर