२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम चार अर्बभन्दा बढी



काठमाडौं । यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो । आज कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रू चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार भएका छन् ।

आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरु सबै कम्पनीको बढेको छ । नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह दुई सय ७६ दशमलव ६० र निर्जीवन बीमा समूह दुई सय २४ दशमलव ९० अङ्कमा कायम भएको छ ।

बैंकिङ समूह सात दशमलव ३६, विकास बैंक ५८ दशमलव १४, वित्त ३६ दशमलव ९२, होटल तथा पर्यटन एक सय तीन दशमलव ७६, जलविद्युत् ४८ दशमलव ५७ र लगानी समूह एक दशमलव ३६ अङ्कले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन दुई सय २१ दशमलव ५७, लघुवित्त ९६ दशमलव ७०, म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार ६१ दशमलव ५० र अन्य समूह १५ दशमलव ५३ अङ्कले बढेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा प्रतिकित्ता तीन दशमलव ९३ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २७ करोड ६६ लाख ८७ हजार दुई सय ५० बराबरको पाँच लाख ५७ हजार तीन सय ८८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ६ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको