२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

भारतलाई गगनको दनक, नेपालले पनि ग्रेटर नेपालको नक्सा राख्छ



बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ग्रेटर नेपाल जारी गरी हक खोज्नुपर्ने बताएका छन् ।

बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्ने बताए । सो अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारेका छन् ।

उनले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आगामी भदौमा हुन लागेको नीति अधिवेशन हुने बताए । उनले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठीक ठाउँमा उभ्याउने दुरगामी निर्णय लिनेमा विश्वास व्यक्त गरेका छन् । उनले वर्तमान सरकारलाई जनतामा अनुभुति हुने गरी काम गर्न सुझाव दिए ।

महामन्त्री थापाले कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको समेत प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको