८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेप्से परिसूचक ५३ अङ्कले बढ्यो


२१ जेष्ठ २०८०, आइतबार  

3
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ बराबरको कारोबार भएको छ ।

नेप्सेका सबै सूचक आज हरियो भएका छन् । सेन्सेटिभ इन्डेक्स नौ दशमलव ४९, फ्लोट इन्डेक्स तीन दशमलव ५९ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ९४ अङ्कले बढेको छ । सबै समूहका उपसूचक पनि बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक चार सय सात दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक तीन सय ४२ दशमलव ०५ अङ्कले बढेको छ ।

बैंकिङ समूह १७ दशमलव ३५, विकास बैंक एक सय १७ दशमलव ४५, वित्त ५२ दशमलव ७४ र होटल तथा पर्यटन समूह दुई सय ७४ दशमलव ८४ अङ्कले बढेको छ । त्यसैगरी, जलविद्युत् ९१ दशमलव ३९, लगानी एक दशमलव ६२, उत्पादन तथा प्रशोधन एक सय ५७ दशमलव ८४, लघुवित्त ८८ दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ८२ दशमलव ०८ र अन्य समूह ४२ दशमलव ३७ अङ्कले बढेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमेटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १६ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै गुमाउनेमा ‘१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को शेयर मूल्य एक दशमलव ९६ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १५ करोड ८१ लाख ५४ हजार दुई सय ३८ बराबरको तीन लाख ३० हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो