८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


१४ जेष्ठ २०८०, आइतबार  

3
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर रू दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ ।

सो कम्पनीको रू २१ करोड ७९ लाख ९४ हजार नौ सय तीन मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी रू नौ करोड १३ लाख दुई हजार आठ सय आठ, सोल्टी होटल रू आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर रू आठ करोड ३८ लाख २९ हजार पाँच सय ६१ र नेपाल पूर्वाधार बैंक रू सात करोड ८८ लाख ८४ हजार चार सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, यूनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल सात दशमलव १८, एनएमबी बैंकको ऋणपत्र छ दशमलव शून्य एक र चिलिमे हाइड्रोपावरका शेयरधनीले पाँच दशमलब ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी छ दशमलव ४०, न्यादी हाइड्रोपावर पाँच, नयाँ सारथी लघुवित्त चार दशमलव ९०, नेशनल माइक्रोफाइनान्स लघुवित्त चार दशमलव ७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले चार दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो