८ चैत्र २०८२, आइतबार । March 22, 2026

आइपिएल फाइनल

उपाधिका लागि चेन्नाई र गुजरात भिड्दै


१४ जेष्ठ २०८०, आइतबार  

3
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल आज हुँदैछ ।

साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने चेन्नाइ मुम्बइ इन्डियन्स समान सर्वाधिक पाँचौ उपाधि जित्ने लक्ष्यमा छ । यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो । तेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइ इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो ।

गत सिजन पहिलो पटक आईपीएल खेलेको गुजरातले डेब्यु सिजनमै आईपीएल उपाधि जितेको थियो । चेन्नाइ ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा खेल्दैछ भने हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले खेल्दैछ । यी दुईबीचको ‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ । चेन्नाइ र गुजरातबीच अहिलेसम्म चार खेल भएको छ ।

जसमा गुजरातले तीन खेल जितेको छ भने चेन्नाइले एक खेल जितेको छ । गत सिजन गुजरातले दुवै खेलमा चेन्नाइलाई हराएको थियो । यस सिजन पनि घरेलु मैदानमा भएको पहिलो खेलमा गुजरातले चेन्नाइलाई पराजित गरेको थियो ।

चेन्नाइले घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा भने गुजरातलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १२ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो