२१ मंसिर २०८२, शनिबार । December 6, 2025

आइपिएल फाइनल

उपाधिका लागि चेन्नाई र गुजरात भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल आज हुँदैछ ।

साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने चेन्नाइ मुम्बइ इन्डियन्स समान सर्वाधिक पाँचौ उपाधि जित्ने लक्ष्यमा छ । यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो । तेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइ इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो ।

गत सिजन पहिलो पटक आईपीएल खेलेको गुजरातले डेब्यु सिजनमै आईपीएल उपाधि जितेको थियो । चेन्नाइ ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा खेल्दैछ भने हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले खेल्दैछ । यी दुईबीचको ‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ । चेन्नाइ र गुजरातबीच अहिलेसम्म चार खेल भएको छ ।

जसमा गुजरातले तीन खेल जितेको छ भने चेन्नाइले एक खेल जितेको छ । गत सिजन गुजरातले दुवै खेलमा चेन्नाइलाई हराएको थियो । यस सिजन पनि घरेलु मैदानमा भएको पहिलो खेलमा गुजरातले चेन्नाइलाई पराजित गरेको थियो ।

चेन्नाइले घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा भने गुजरातलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १२ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको