२३ बैशाख २०८२, मंगलबार । May 6, 2025

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने



काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ ।

चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ”, उनले धने ।

चलचित्र डोल्पा जिल्लाको से–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाँङ्कन गरिएको निर्माता लामाले बताए । निर्देशक देवजङ्ग थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताए ।

चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामी, वरिष्ठ कलाकार कृष्ण मल्ल, पत्रकार रामजी बगाले, फेसियल हाउसकी सञ्चालिका सुष्मा महरालगायतले चलचित्र सफलताको शुभकामना दिएका छन् । चलचित्रको निर्देशन देवजङ्ग थापा तथा छायाँङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् ।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सो चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा रहेका छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन भने सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका हुन् ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से सूचकमा हल्का सुधार, हाइड्रोपावरको दबदबा कायम

काठमाडौं । मंगलबारको सेयर बजार कारोबार सामान्य उकालो लागेर सकिएको

त्रियुगा नदीमा आएको बाढीमा यात्रुवाहक बस बग्यो, चालक–सहचालक सकुशल

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने

कमला नदीमा बाढीः अस्थायी पुल बगायो, हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरधाम । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला

सांसद वाग्लेको कटाक्षः ‘७ बुँदे सहमति मजाक बनेको छ, कमेडी कार्यक्रम झैँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम

विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्र जलमग्न, सवारी आवागमन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ अन्तर्गत पर्ने विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्रमा