२१ बैशाख २०८२, आइतबार । May 4, 2025

राजमार्ग क्षेत्रलाई कुरुप बनाउने प्रचार सामग्री हटाइँदै



चितवन । चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ ।

गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो । एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

उनले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए । गाउँपालिकालाई कर तिरेर व्यवस्थितरूपमा राजमार्गबाट १५ मिटर छाडेर राखिएका होर्डिङबोर्डलाई मात्रै मान्यता दिईने अध्यक्ष गुरुङको भनाई छ । धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धीखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ ।

यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङबोर्ड रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातारको वर्षाले देशका प्रमुख राजमार्ग अवरुद्धः यात्रुलाई सतर्क रहन आग्रह

काठमाडौं । निरन्तर परेको वर्षाका कारण देशका प्रमुख राजमार्गहरू प्रभावित

काठमाडौंसहित देशभर वर्षा: तीन दिनसम्म मौसम बदली रहने अनुमान

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। मौसम

आजको सुनचाँदी बजार: सुन महँगियो, सस्तियो चाँदी

काठमाडौं । आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल

बर्षाले बगायो डाइभर्सन, कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

हेटौंडा । निरन्तर वर्षाका कारण बगुवा खण्डमा बागमती खोलामा बनाइएको

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा