१० कार्तिक २०८३, मंगलबार । October 27, 2026

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै


१० कार्तिक २०८३, मंगलबार  

0
Shares

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १२:३० बजे सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स र कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज आमनेसामने हुँदैछन्।

दुवै टोली प्रतियोगिताको पहिलो खेलमा सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्। चितवन राइनोजको मुख्य प्रशिक्षक तथा रणनीतिकारको भूमिकामा सोहेल तनवीर छन् भने विराटनगर किङ्सको प्रशिक्षण तथा रणनीतिक जिम्मेवारी धम्मिका प्रसादले सम्हालेका छन्। तनवीर अघिल्ला दुई संस्करणमा चितवनका प्रमुख बलिङ हतियारका रूपमा देखिएका थिए।

यसपटक भने उनी नयाँ भूमिकामा टोलीलाई जित दिलाउने रणनीतिसहित मैदानबाहिरबाट सक्रिय हुनेछन्। दुवै टोलीका कप्तान र मुख्य प्रशिक्षक प्रतियोगिताको सुरुआत जितका साथ गर्न चाहन्छन्। कागजी रूपमा हेर्दा विराटनगर किङ्समा कप्तान सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी र बसिर अहमद प्रमुख हतियारका रूपमा रहनेछन्।

विदेशी खेलाडीमध्ये वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल विराटनगरका प्रमुख आकर्षण हुनेछन्। त्यस्तै, शुभम रञ्जने, चरित असलंका, दिलसाद अली र एन्जेलो म्याथ्युजको अनुभवमा पनि किङ्सले भरोसा गर्नेछ। यता, चितवन राइनोजले कप्तान कुशल मल्लसँगै रिजन ढकाल, अर्जुन साउद, विवेक यादव र देव खनालजस्ता युवा खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ। विदेशी खेलाडीमध्ये जिम्बाब्वेका चर्चित अलराउन्डर सिकन्दर राजा राइनोजका प्रमुख हतियार हुनेछन्।

राजासँगै रवि बोपारा, हसन अली, उसामा मिर, कामिल मिशारा र मोहम्मद नवाजको प्रदर्शनमा पनि चितवनको नजर रहनेछ। दुवै टोलीमा अनुभवी र चर्चित विदेशी खेलाडीको उपस्थिति रहेकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ। अब प्रश्न छ—पहिलो खेलमा कसले बाजी मार्ला, विराटनगर किङ्सले कि चितवन राइनोजले ?

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा