१६ आश्विन २०८३, शुक्रबार । October 2, 2026

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?


३० भदौ २०८३, मंगलबार  

9
Shares

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा जम्मा भएको कुल रकममध्ये विभिन्न ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ नगद मौज्दात रहेको छ भने दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर जम्मा भएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्नका लागि यसै कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि