३० भदौ २०८३, मंगलबार । September 15, 2026

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?


३० भदौ २०८३, मंगलबार  

24
Shares

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सिनेमाको मुख्य भूमिकामा रहेका कलाकार अनिलराज पौडेल पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमार्फत दर्शकमाझ परिचित हुँदै फिल्ममा प्रवेश गरेका कलाकार हुन् । टिकटकबाट टिपेर फिल्मको मुख्य भूमिकासम्म आइपुगेका अनिलराजका लागि ‘कालमाण्डू’ अभिनय क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसर बन्ने देखिएको छ ।

टिकटकमा देखिएको उनको प्रस्तुतिले दर्शकको ध्यान ताने पनि ठूलो पर्दामा उनले कस्तो अभिनय गरेका छन् भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ । विशेषगरी अपराध, अपहरण, मानव तस्करी, हत्या र पारिवारिक सम्बन्धजस्ता गम्भीर विषय समेटिएको सिनेमामा मुख्य पात्रका रूपमा प्रस्तुत हुँदा उनले आफ्नो अभिनयलाई कत्तिको प्रभावकारी बनाउन सकेका छन् भन्ने कुरा भने सिनेमा सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ।

सिनेमाको सार्वजनिक गीत ‘राधा’ मा भने अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन् । गीतमा उनीहरूलाई राधा–कृष्णको भूमिकामा प्रस्तुत गरिएको छ । गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत रहेको छ भने रमेश देवकोटाले शब्द लेखेका हुन् । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।

एकातिर अपराध र थ्रिलरको कथा तथा अर्कोतिर प्रेमिल भाव बोकेको ‘राधा’ गीतले ‘कालमाण्डू’को कथालाई फरक स्वाद दिने देखिन्छ । निर्माण टिमका अनुसार सिनेमाको कथा अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या तथा पारिवारिक सम्बन्धको वरिपरि घुमेको छ ।

मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन सयनम अधिकारीले गरेका हुन् । निर्देशक अधिकारीले काठमाडौंको बाहिरी चमकभित्र लुकेको अँध्यारो संसार, मानव तस्करी, अपहरण, हत्या र अपराधको जाललाई सिनेमामार्फत प्रस्तुत गर्न खोजिएको बताएका छन् ।

निर्देशक अधिकारीका अनुसार १९ वर्षीया बहिनी हराएपछि उनलाई खोज्न निस्किएको एक दाजु अपराधीहरूको संसारमा कसरी फस्छ र बहिनीको खोजीका क्रममा कस्ता खतरासँग जुध्छ भन्ने कथा सिनेमामा प्रस्तुत गरिएको छ ।

‘कालमाण्डू’ एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको निर्देशक अधिकारीको भनाइ छ । सिनेमाले एक्सनसँगै दाजु–बहिनीबीचको प्रेम, बहिनीको खोजी र अपराधसँगको खतरनाक संघर्षलाई पर्दामा प्रस्तुत गर्नेछ ।

सिनेमामा गजित बिष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुरदेखि पर्साको ठोरीसम्म छायांकन गरिएको सिनेमामा पवन सुस्लिङको छायांकन तथा सम्पादन, राजु लामा र मिस्टर काजीको द्वन्द्व निर्देशन, रवि भुजेलको सहायक निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी तथा सम्राट न्यौपानेको संगीत निर्देशन रहेको छ ।

कमल थिङ निर्माता रहेको सिनेमाको प्रोडक्सन व्यवस्थापन मिलन कटवाल र शम्भु श्रेष्ठले सम्हालेका छन् । सिनेमालाई सिंहदेवी प्रोडक्सनले वितरण गर्नेछ ।

अब भने दर्शकका लागि एउटा चासोको विषय बनेको छ—टिकटकबाट दर्शकमाझ परिचित हुँदै फिल्मको मुख्य भूमिकासम्म आइपुगेका अनिलराज पौडेलले ठूलो पर्दामा आफूलाई कत्तिको अब्बल साबित गर्न सक्छन् ? उनको अभिनयको वास्तविक परीक्षा भने ‘कालमाण्डू’ प्रदर्शनमा आएपछि नै हुनेछ ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ९ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको