८ आश्विन २०८३, बिहिबार । September 24, 2026

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता


२४ भदौ २०८३, बुधबार  

12
Shares

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ लिटिल मास्टरको उपाधि हर्षिल आचार्य र लिटिल मिसको उपाधि युनिशा निरौलाले जितेका छन्।

जुनियरतर्फ काव्याश्री दाहाल विजेता बनेकी छन्। इटहरी आर्ट एण्ड फाउन्डेसनको आयोजनामा साउन १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका ३१ जना बालबालिकाले सहभागिता जनाएका थिए। करिब एक महिनासम्म विभिन्न चरणका तालिम तथा गतिविधि सञ्चालनपछि भदौ २१ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित समारोहमा विजेता घोषणा गरिएको हो।

लिटिल मिसतर्फ नेपाल डीभीएम स्कुलकी युनिशा निरौला विजेता, खुसी अधिकारी फर्स्ट रनरअप र आयुषा निरौला सेकेन्ड रनरअप बने। जुनियरतर्फ नेपाल डीभीएम स्कुलकी काव्याश्री दाहाल विजेता, ब्लुमिङ किन्डर गार्डेनकी रियान्सी निरौला फर्स्ट रनरअप र नेपाल डीभीएम स्कुलकी सर्वज्ञा अधिकारी सेकेन्ड रनरअप भए। लिटिल मास्टरतर्फ चिजन प्यालेस स्कुलका हर्षिल आचार्य विजेता बने। पहिलो पाइला मन्टेसोरीका एभिस सुवेदी फर्स्ट रनरअप तथा चिजन प्यालेसका सारम्स चौधरी सेकेन्ड रनरअप घोषित भए।

प्रतियोगिताका क्रममा बालबालिकालाई मूर्तिकला, लेखन, चित्रकला, व्यक्तित्व तथा नेतृत्व विकास र ट्राफिक सचेतनासहित विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो। साथै अभिभावकको सहभागितामा अटिजमसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। आयोजकले प्रतियोगितालाई उपाधिका लागि मात्र नभई बालबालिकाको प्रतिभा पहिचान, आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक चेतना विकास गर्ने अवसरका रूपमा अघि बढाइएको जनाएको छ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा शिक्षाविद् मनु मञ्जिलले बालबालिकामा लुकेको प्रतिभा पहिचान गरी क्षमता प्रस्तुत गर्ने अवसर दिनु महत्वपूर्ण रहेको बताए। यसैबीच, लामो समयदेखि कला तथा संगीत क्षेत्रमा योगदान पुर्‍याएका वरिष्ठ लोकगायक बालकृष्ण कार्कीलाई सम्मान गरिएको थियो। प्रतियोगिताका विजेता काव्याश्री दाहाल र सारम्स चौधरीका अभिभावकले आफ्ना छोराछोरीले प्राप्त गरेको पुरस्कार रकम भोटेकोशी बाढीपीडितका लागि राहतस्वरूप प्रदान गर्ने घोषणा गरेका छन्।

फाउन्डेसनका अध्यक्ष तुलसी घिमिरेले प्रतियोगिताको मुख्य उपलब्धि उपाधिभन्दा बालबालिकाले प्राप्त गरेको सिकाइ र अनुभव भएको बताए। उनले प्रतियोगितालाई राष्ट्रिय सौन्दर्य प्रतियोगितासँग तुलना नगरी बालबालिकाको सिकाइ र प्रतिभा विकासको अवसरका रूपमा लिन अभिभावकलाई आग्रह गरे।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ११ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको