२ कार्तिक २०८३, सोमबार । October 19, 2026

फिफा विश्वकप २०२६ः कुरासाओमाथि निर्मम बन्यो जर्मनी, ७–१ गोलअन्तरले हरायो


१ असार २०८३, सोमबार  

15
Shares

काठमाडौं। चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको आफ्नो पहिलो खेलमा कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गरेको छ।

जर्मनीका लागि काइ हाभर्ट्जले दुई गोल गरे। खेलको छैटौं मिनेटमा फेलिक्स नेम्चाले फ्लोरियन विर्ट्जको पासमा गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले गोल गर्दै कुरासाओलाई १–१ को बराबरीमा पुर्‍याए। बराबरीपछि जर्मनीले खेलमा पूर्ण नियन्त्रण जमाउँदै निर्मम बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा काइ हाभर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीको अग्रता ३–१ बनाए। फेलिक्स नेम्चालाई पेनाल्टी क्षेत्रभित्र रिचेड्ली बाजोएरले लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जमाल मुसियालाले गोल गर्दै जर्मनीलाई ४–१ को अवस्थामा पुर्‍याए। त्यसपछि ६८औं मिनेटमा नाथानियल ब्राउनले गोल गरे भने ७८औं मिनेटमा डेनिज उन्डाभले अर्को गोल थपे।

हाभर्ट्जले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको जितलाई ७–१ मा पुर्‍याए। सन् २०१४ को विश्वकप जितेपछि लगातार दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीका लागि यो प्रतियोगिताको उत्साहजनक सुरुआत बनेको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि