१० श्रावण २०८३, आइतबार । July 26, 2026

फिफा विश्वकप २०२६ः कुरासाओमाथि निर्मम बन्यो जर्मनी, ७–१ गोलअन्तरले हरायो


१ असार २०८३, सोमबार  

15
Shares

काठमाडौं। चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको आफ्नो पहिलो खेलमा कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गरेको छ।

जर्मनीका लागि काइ हाभर्ट्जले दुई गोल गरे। खेलको छैटौं मिनेटमा फेलिक्स नेम्चाले फ्लोरियन विर्ट्जको पासमा गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले गोल गर्दै कुरासाओलाई १–१ को बराबरीमा पुर्‍याए। बराबरीपछि जर्मनीले खेलमा पूर्ण नियन्त्रण जमाउँदै निर्मम बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा काइ हाभर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीको अग्रता ३–१ बनाए। फेलिक्स नेम्चालाई पेनाल्टी क्षेत्रभित्र रिचेड्ली बाजोएरले लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जमाल मुसियालाले गोल गर्दै जर्मनीलाई ४–१ को अवस्थामा पुर्‍याए। त्यसपछि ६८औं मिनेटमा नाथानियल ब्राउनले गोल गरे भने ७८औं मिनेटमा डेनिज उन्डाभले अर्को गोल थपे।

हाभर्ट्जले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको जितलाई ७–१ मा पुर्‍याए। सन् २०१४ को विश्वकप जितेपछि लगातार दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीका लागि यो प्रतियोगिताको उत्साहजनक सुरुआत बनेको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर