२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन


३१ जेष्ठ २०८३, आइतबार  

6
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको छ।

आइतबार टोलीले आगामी सिजनका लागि आफ्नो मुख्य खेलाडी समूहलाई कायम राख्ने निर्णय सार्वजनिक गरेको हो। रिटेन गरिएका खेलाडीमा मार्की खेलाडी भुर्तेलसँगै राष्ट्रिय टोलीका स्पिनरद्वय विपिन खत्री र सागर ढकाल, तीव्र गतिका बलर आकाश चन्द, विकेटकिपर ब्याटर अर्जुन कुमाल, अलराउन्डर किरण ठगुन्ना तथा ब्याटर दिनेश खरेल रहेका छन्।

यता, टोलीले आगामी सिजनअघि स्क्वाडमा परिवर्तन गर्दै कृष्ण पौडेल, त्रित राज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्दलाई रिलिज गर्ने निर्णय गरेको जनाएको छ। पोखरा एभेन्जर्सले अनुभवी तथा प्रभावशाली खेलाडीलाई निरन्तरता दिँदै आगामी संस्करणमा बलियो टोली निर्माण गर्ने संकेत दिएको छ।

रिटेन र रिलिज सूची सार्वजनिक भएसँगै अब टोलीको ध्यान बाँकी खेलाडी छनोट र स्क्वाड सन्तुलनतर्फ केन्द्रित हुने देखिएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ