३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार


३१ जेष्ठ २०८३, आइतबार  

0
Shares

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति भएको खेलमा कतारले अन्तिम समयमा गोल गर्दै बलियो प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ।

यससँगै कतारले विश्वकप इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ। इन्जुरी समयको चौथो मिनेटमा बुआलेम खोउखीले हेडमार्फत गोल गर्दै कतारलाई महत्त्वपूर्ण बराबरी दिलाए। खेलको १३औं मिनेटमा कतारका गोलरक्षक महमुद अबुनादाले ब्रिल एम्बोलोलाई फउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो।

१७औं मिनेटमा एम्बोलोले पेनाल्टीलाई गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। चार वर्षअघि घरेलु मैदानमा आयोजना गरेको विश्वकपमा समूह चरणका सबै खेल हारेको कतारका लागि यो नतिजा विशेष महत्त्वको मानिएको छ।

यता, लगातार छैटौं विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड भने सहज जित गुमाउँदा निराश बनेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा