१ कार्तिक २०८३, शनिबार । October 17, 2026

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार


३१ जेष्ठ २०८३, आइतबार  

12
Shares

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति भएको खेलमा कतारले अन्तिम समयमा गोल गर्दै बलियो प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ।

यससँगै कतारले विश्वकप इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ। इन्जुरी समयको चौथो मिनेटमा बुआलेम खोउखीले हेडमार्फत गोल गर्दै कतारलाई महत्त्वपूर्ण बराबरी दिलाए। खेलको १३औं मिनेटमा कतारका गोलरक्षक महमुद अबुनादाले ब्रिल एम्बोलोलाई फउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो।

१७औं मिनेटमा एम्बोलोले पेनाल्टीलाई गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। चार वर्षअघि घरेलु मैदानमा आयोजना गरेको विश्वकपमा समूह चरणका सबै खेल हारेको कतारका लागि यो नतिजा विशेष महत्त्वको मानिएको छ।

यता, लगातार छैटौं विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड भने सहज जित गुमाउँदा निराश बनेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि