३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल


३१ जेष्ठ २०८३, आइतबार  

24
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा ब्राजिल र मोरक्कोले अंक बाँडेका छन्।

आइतबार बिहान सम्पन्न रोमाञ्चक खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै एक–एक अंक जोडेका हुन्। मोरक्कोले खेलको २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत अग्रता बनाएको थियो। ब्राजिल दबाबमा परेका बेला स्टार फरवार्ड भिनिसियस जुनियरले ३२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काए।

पहिलो हाफमा दुवै टोलीले एक–एक गोल गरे पनि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगिएको हो।

यस नतिजासँगै विश्व फुटबलका दुई बलिया टोलीले आफ्नो पहिलो खेलबाट एक–एक अंक बटुलेका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा