१७ बैशाख २०८३, बिहिबार । May 1, 2026

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै


४ चैत्र २०८२, बुधबार  

21
Shares

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट महायज्ञ आयोजना हुने भएको छ ।

विश्व शान्ति, राष्ट्र कल्याण र मानव समाजमा देखिएका विविध समस्याको समाधानका लागि भन्दै विन्ध्यवासिनी आध्यात्मिक सङ्घको आयोजनामा आगामी २०८२ साल चैत्र ५ गतेदेखि १४ गतेसम्म उक्त महायज्ञ सञ्चालन हुन लागेको हो । विश्वमा मच्चिएको आधिभौतिक, आधिदैविक एवं आध्यात्मिक तापको कोलाहललाई वैदिक सनातन धर्मको माध्यमबाट शान्त पार्ने उद्देश्यले यो महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महायज्ञमा श्रीमद्देवीभागवत पुराणको पाठ९पारायण र कथा प्रवचन मुख्य आकर्षण रहनेछ । यसका साथै १३३१ आवृत्तिको विशाल महारुद्र अनुष्ठान गरिनेछ । देशमा उत्पन्न हुन सक्ने राजकीय उपद्रव, भोकमरी, भूकम्प, अतिवृष्टि, अनावृष्टि र असाध्य रोग शान्त पार्न नवार्ण मन्त्रको ९ लाख जप तथा हवन गरिनेछ ।

दरिद्रता नाश र सु–स्वास्थ्यका लागि श्रीसूक्तको विधि विधानपूर्वक एक हजार जप र हवन, नवग्रह पूजन, वेद र गायत्री मन्त्रको सस्वर पाठलगायतका कार्यक्रमहरू पनि महायज्ञमा समावेश गरिएका छन् ।

सङ्कलित रकम मन्दिर निर्माणमा खर्च गरिने
२०४१ सालमा जगदाचार्य नेपाली बाबाले स्थापना गरेको यस पीठले विगतमा पनि देशका विभिन्न स्थानमा थुप्रै ठुला धार्मिक अनुष्ठान र पदयात्राहरू सम्पन्न गरिसकेको छ । जगदाचार्यको निधन भएपछि हाल उनका छोरा रामचन्द्र शर्माको नेतृत्वमा संस्था सञ्चालन भइरहेको छ ।

आयोजकका अनुसार यस महायज्ञमा भक्तजनहरूबाट सङ्कल्प गरिएको रकम सोही स्थानमा जगन्माता विन्ध्यवासिनी देवीको श्रीयन्त्रमय मन्दिर निर्माण कार्यमा प्रयोग गरिनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित